विभिन्न योजनाका लागि बजेट, कुनमा कति ?

४ बर्ष अगाडि

काठमाडौं - गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । 

पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानको निर्वाचन क्षेत्र तनहुँ १ (ख) अन्तर्गत बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा सडक पुल, मोटरमार्ग, लगायतका योजना सञ्चालन हुने उनको सचिवालयले जानकारी दिएको छ ।

आँबुखैरेनी–छिम्केश्वरी हिलेखर्क बाहुनभञ्ज्याङ (छिम्केश्वरी पर्यटन मार्ग) का लागि रु ६ करोड २५ हजार, दासढुङ्गा देउपुर मार्ग (देवघाट गाउँपालिका केन्द्र जोड्ने) का लागि रु ६ करोड, सेतीनदी सडक पुल ङ्नाल्दीघाटका लागि रु तीन करोड, सेती नदी सडक पुल मास्दीघाटका लागि रु एक करोड ८७ लाख ५० हजार, बुद्धसिं मार्गका लागि रु एक करोड, बुद्धसिं मार्ग लाङ्दीखोला सडकपुलका लागि रु ५० लाख, शालिग्राम करिडोरको बञ्चरेभिर सडक स्तरोन्नतिका लागि रु ५० लाख विनियोजन भएको छ । 

त्यस्तै ढकालटार चक्रपथका लागि रु ४० लाख र खहरेखोला सडक पुलका लागि रु ४० लाख विनियोजन भएको छ । व्यास–१ र १३ जोड्ने छाब्दीखोला मोटरेबल पुलका लागि रु ३० लाख, बेलघारी छाब्दीमार्गका लागि रु ३० लाख, समस्तीपुर यानचोक झोलुङ्गेपुलका रु ३० लाख, हिलेखर्क खौली प्युघर मार्गका लागि रु २५ लाख, जालभञ्ज्याङ सडक स्तरोन्नतिका लागि रु २० लाख, गोहोरो लोही कल्चोक सडकका लागि रु २० लाख तथा पार्लङ झोलुङ्गेपुलका लागि रु १५ लाख विनियोजन भएको छ । 

त्यस्तै तल्लो डुम्रेबाट भानु जोड्ने चुँदीखोला मोटरपुलका लागि रु दश लाख, व्यास–१, १२ र १३ जोड्ने भड्खाला छाब्दीखोला मोटरपुलका लागि रु दश लाख, निर्मलनगर टोलभित्रको बाटो पक्की नाला निर्माणका लागि रु दश लाख, कालीमाटी गोहीटार भुवनटार मार्गका लागि रु दश लाख, पृथ्वीराजमार्ग मुसेखोला हुँदै भदु्रडाँडा चारकुने ठूलोगाउँ, निर्मलनगर हुँदै छाब्दी दोभान जोड्ने मार्गका लागि रु दश लाख विनियोजन भएको छ ।  

आबुखैरेनी–१ हँदै बन्दीपुर–५ झारगाउँ मोटरमार्गका लागि रु सात लाख, लाब्दी घुमाउने मोटरमार्गका लागि रु सात लाख, बेनीकोट सुन्तलामार्गका लागि रु पाँच लाख र खुदिखोले कटसेरह पक्की पुलका लागि रु ३० लाख विनियोजन भएको छ । 

भवन, मन्दिरतर्फ मनकामना आमा समूहको भवनका लागि रु १५ लाख, शुभ लाङ्घाली आमा समूहको निर्माणाधीन भवनका लागि रु दश लाख, सिर्जना दलित वर्ग महिला उत्थान समूहको भवनका लागि रु १२ लाख, ज्येष्ठ नागरिक आश्रमको स्तरोन्नतिका लागि रु दश लाख परेको छ । सिर्जनशील टोल भवन निर्माणका लागि रु सात लाख, खड्गदेवी आमा समूह भवन मर्मतका लागि रु पाँच लाख, रानीथान मन्दिर गुरुयोजना निर्माणका लागि रु पाँच लाख, विश्वकर्मा सामुदायिक भवनका लागि रु पाँच लाख विनियोजन गरिएको छ । 

ससर्त, विशेष र समपूरकतर्फ साउने फुस्रेपनी कर्ताप मोटरमार्गका लागि रु एक करोड, भुमर्से बोरिङ खानेपानीका लागि रु ५० लाख, बाङ्गेसिमल खानेपानी योजनाका लागि रु ५० लाख, लिफ्टिङ प्रणाली सिँचाइका लागि रु ५० लाख र लिफ्टिङ प्रणाली सिँचाइ योजनाका लागि रु ५० लाख विनियोजन भएको छ । 

यसैगरी पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य आशा कोइरालाको निर्वाचन क्षेत्र तनहुँ २ ९क० मा ७१ योजनाका लागि बजेट विनियोजन गरिएको छ । मोटरेबल पुल, झोलुङ्गे पुल, कजवेका दश, सडकका १२, खानेपानीका ३१ र भवन, पार्क र खेलमैदानका ११ योजनाका लागि बजेट विनियोजन भएको छ । 

सडक निर्माण तथा स्तरोन्नतिका लागि रु आठ करोड २१ लाखका योजना परेको छ । उक्त बजेटबाट १२ सडकको काम हुनेछ । दुलेगौडा हर्कपुर मोटर मार्गको स्तरोन्नतिका लागि मात्रै रु चार करोड ५० लाख विनियोजन भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया