अवैध ५ किलो ३३४ ग्राम चाँदीसहित एक जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज उपमहानगरपालिका–२, मेघराका ४३ वर्षीय अंगद साह रहेका छन् । 

साह चितवन खैरेनी नगरपालिका–२, श्रीया ज्वेलर्सका सञ्चालक हुन् । उनलाई पर्साबाट पक्राउ गरिएको हो ।उनले बोकेको कालो झोलाभित्र चाँदीका गरगहना पाँच किलो ३३४ ग्राम फेला परेको पर्सा प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनलाई कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया