राजीनामा फिर्ता लिन बारे के भन्छन् भीम रावल ?

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमेलका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूले सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको बताइएको छ । 

भेटमा रावलले प्रदेशका साथीहरूको चासो र चिन्ता स्वभाविकै भएको तर, आफू अकारण राजीनामा भने नदिएको बताएका थिए । ‘पार्टीलाई एक बनाउन काम गरेको हुँ, कार्यदलमा संयोजकको इमान्दारितापूर्वक भूमिका निर्वाह गरेँ,’ रावललाई उद्धृत गर्दै एक नेताले भने, ‘अनैतिक राजनीतिमा लाग्नुभन्दा अलग हुन्छु भनेर राजीनामा दिएको हुँ । सबै साथीहरूको दबाब आएको छ, पुनर्विचार गर्ने कि नगर्ने निर्णयमा पुग्न सकेको छैन । हेरौं के हुन्छ ।’

रावललाई भेट्न प्रदेशकी कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्कालगायत १३ जना पुगेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया