अन्तरिक्ष पुगेर फर्किए विश्वकै धनाढ्य जेफ बेजोस, वाली अन्तरिक्षमा जाने सबैभन्दा पाको उमेरकी महिला

४ बर्ष अगाडि

एजेन्सी - विश्वका धनाढ्य तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले मंगलबार सफलतापूर्वक अन्तरिक्ष यात्रा गरेका छन् ।

अन्य तीन जना यात्रुसँगै बेजोसले आफ्नै कम्पनी ब्लु ओरिजिनले तयार पारेको न्यू शेफर्ड रकेट यानमार्फत् उनले करीब १० मिनेटको अन्तरिक्ष यात्रा पूरा गरी पृथ्वीमा सकुशल अवतरण गरेका हुन् ।

उक्त यात्रामा बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षीया पूर्वपाइलट तथा अमेरिकी अन्तरिक्ष कार्यक्रमकी पूर्वसदस्य वाली फंक र एक १८ वर्षीय विद्यार्थी ओलिभर डायमेनले पनि सहभागी रहे । चारै जना पृथ्वीबाट उडेको १० मिनेट १० सेकेण्डपछि प्याराशुटको माध्यमबाट पृथ्वीमा फर्किएर अवतरण गरेका थिए ।

योसँगै वाली अन्तरिक्षमा जाने सबैभन्दा पाको उमेरकी महिला बनेकी छिन् भने डायमेन सबैभन्दा कम उमेरका व्यक्ति बन्ने कीर्तिमान कायम गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया