काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘वर्षको सर्वश्रेष्ठ सिइओ’ अवार्डबाट सम्मानित भएका छन् ।
अनिल शाह, कामिनी राजभण्डारी, चन्द्र ढकाललगायतलाई पछि पार्दै घिसिङ उत्कृष्ट सिइओ बन्न सफल भएका हुन् । एसएमएस भोटिङका आधारमा उनलाई सर्वश्रेष्ठ सिइओ छनोट गरिएको हो ।
सिइओ क्लबले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर घिसिङलाई अवार्ड प्रदान गरेको छ । सर्वश्रेष्ठ सिइओसँगै उनले ‘बेस्ट सिइओ अफ पब्लिक सेक्टर’ र सर्वाधिक लोकप्रिय सिइओ अवार्ड पनि पाएका छन् ।
विद्युत्को माग र आपूर्तिको कुशल व्यवस्थापनका लागि उनलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अवार्ड प्रदान गरेका हुन् ।
प्रतिक्रिया