बेग्ला बेग्लै क्षेत्रमा एका बिहानै भुकम्पको धक्का महशुस

४ बर्ष अगाडि

काठमाडौँ – भारतका बेग्ला बेग्लै क्षेत्रमा आज बिहान शक्तिशाली भुकम्पको धक्का महशुस गरिएको छ ।

राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो । यी मध्ये राजस्थानको बीकानेरमा ५।३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।

यसबाहेक मेघालयमा पनि भूकम्पको झट्का महशुस गरिएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५ बजेर ३९ मिनेटछमा भूकम्पको झट्का महशुस गरिएको जनाएको छ ।

यसबाहेक लेह लद्दाखमा पनि बिहान करिब सवा ५ बजे भूकम्पको झट्का महशुस गरिएको छ, जसको मापन ३ दशमलव ६ रहेको जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया