एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, २२ सांसद्लाई पठाइएला स्पष्टीकरण पत्र ?

४ बर्ष अगाडि

काठमाडौं – नेकपा एमालको सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । यसअघि चलेको बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझाव अनुमोदन गरेको छ ।

बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि हालसम्म पत्र भने पठाइएको छैन । आन्तरिक छलफल तथा कारबाहीपछि पार्टीभित्र पर्ने असरको समीक्षापछि मात्र पत्र पठाइने र कारबाही गरिने एक नेताले बताए ।

मंगलबारको बैठकमा प्रदेश संयोजकहरुले पार्टीको अवस्था तथा कारबाहीले पार्ने असरबारे आफ्नो धारणा राखेका थिए । केन्द्रीय कमिटीको बैठकमा आ–आफ्नो प्रदेशको अवस्थाको बारेमा रिर्पोटिङ गर्दै प्रदेश अध्यक्षहरुले एमालेभित्र देखिएको अन्यौलताले पार्टीलाई अगाडि बढाउन समस्या पर्ने भन्दै छिट्टै समाधान गरी लयमा फर्काउनुपर्ने बताएका हुन् ।

समानान्तर पार्टी गतिविधि सञ्चालन गरिरहेको माधव नेपाल पक्ष भने बैठकमा सहभागी भएको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया