नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक मंगलबार सुरु भएको छ । तुलसीलाल स्मृति भवनमा पार्टीको बैठक बसिरहेको छ । हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
यद्यपि, माधव पक्षले भने स्पष्टीकरण नदिने बताएको छ । आजको बैठकले ती नेताहरुमाथि कारवाहीको निर्णय गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया