काठमाडौं, नेपाल प्रहरीले तास खेलिरहेको अवस्थामा चार जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–११ युनिक रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा ७२ हजार ३८० रुपैयाँ, ६६ हजार रुपैयाँ नगद सहित ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–११ बस्ने ४५ वर्षीय सुमन्त कोईराला लगायत ४ जनालाई सोमबार दिउँसो नियन्त्रणमा लिएको छ ।
उनीहरुका साथबाट उक्त नगद, १ थान बैंक चेक र तास नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया