काठमाडौं– पाल्पामा बिहिबार राती भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
दुर्घटनामा परि मृत्यू हुनेमा ४१ बर्षीय तीन दिनकी सुत्केरी भुमीकुमारी दर्लामी, चालक २० वर्षीय विरेन्द्र राना, ४४ वर्षीय यानीसरा गाहा, २३ वर्षीय कुनीसरा रुचाल र ७१ वर्षीय रेवत बहादुर जिसी छन् । मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् ।
सुत्केरी दर्लामीको तानसेन स्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । तीन दिनको शिशु भने सकुशल रहेको अस्पताले जनाएको छ ।
जिप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको पूर्वखोला गाउँपालिका–२ जल्पाका वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए ।
पाल्पाको जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुन पुगेको थियो । घटनामा अन्य ५ जना घाइते भएका छन् ।
प्रतिक्रिया