विदेशबाट आएका दुई युवा १ सय ग्राम सुन सहित काठमाडौँ लुटिए

४ बर्ष अगाडि

दुई जना युवा काठमाडौँको मित्रपार्कमा लुटिएका छन् । कतारको दोहाबाट सुन लिएर आएका  झापाका मातृका चौलागाई र नवलपरासी घर भएका विजय पुलामी मगरलाई तीन जनाको समूहले लुटेका हुन् ।

उनिहरु हिमालय एयरलाइन्स मार्फत काठमाडौं आएका  थिए । सोमबार साँझ ९ बजेर १० मिनेटमा उनीहरू सवार ट्याक्सीलाई पछ्याएर तीन जनाको समूहले सुन लुटेर भागेको पीडितको भनाई छ । केटिएम ड्यूक मोटरसाइकलमा आएका तीन जनाले विदेशबाट ल्याएको १ सय ग्राम तौल बराबरको दुई ओटा बाला लुटेर भागेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

लुटपाटमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

चौलागाईं र पुलामी चढेको बा।१ ज ३५९० नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले नियन्त्रणमा लिएको छ । मित्रपार्कमा ट्याक्सीबाट ओर्लने क्रममा उनीहरू लुटिएका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया