हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाई भएका छन्। काठमाडौंको म्यारियट होटलमा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले देवकोटाको बिदाई गरेका हुन् ।
उप्रेतीले ८ वर्ष लामो सहकार्यका लागि धन्यबाद दिँदै उनको योगदान संस्थाले भबिष्यमा पनि सम्झीरहने भन्दै नयाँ यात्राका लागि शुभकामना दिए।
बिदाई कार्यक्रममा देवकोटाले आफुले नयाँ यात्रा शुरुवात गर्न लागेको जानकारी गराउँदै हाम्रो पात्रोको सफलताको कामना गरे ।
देवकोटाले हाम्रो पात्रोमा आफ्नो समय अविश्मरणीय रहेको जानकारी गराउँदै नयाँ अध्याय प्रारम्भ गर्न लागेको र सबैबाट सद्भाव र सहयोगको अपेक्षा गरेको जानकारी गराए।
प्रतिक्रिया