जबर्जस्ती करणी मुद्दामा चार वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका ३७ वर्षीय मदन विक रहेका छन् ।
बिक लाई प्रहरीले सोमबार पक्राउ गरेको हो। प्रहरीका अनुसार विकलाई जिल्ला अदालत सुर्खेतले विसं २०७४ कात्तिक २८ गते जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैदको फैसला आदेश गरेको थियो ।
अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत पक्राउ परेका फरार प्रतिवादी विकलाई अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया