बाढी पहिरो अपडेट : हालसम्म ६३ जनाको मृत्यु, ३५ जना बेपत्ता र ६३ जना घाइते

४ बर्ष अगाडि

काठमाडौं, यस वर्षको मनसुन सुरु भएसंगै हालसम्म ६३ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी तथा पहिरोबाट ४८ जिल्ला प्रभावित भएका छन् ।

विभिन्न स्थानको बाढीपहिरोमा परी ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको प्राधिकरणले  जनाएको छ। त्यस्तै ५ सय ६५ निजी आवास पूर्ण रुपमा क्षति भएको छ भने १ सय ५५ घर आंशिक रुपमा क्षति भएको तथ्यांक छ।  पहिरोका कारण ३७ सरकारी भवन एवं १२ वटा सामुदायिक भवन तथा विद्यालयमा क्षति पुगेको छ।

त्यसैगरी निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेवल पुल र २५ वटा झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया