केपी ओलीले यसरी ढाँटे

७ बर्ष अगाडि

काठमाडौँ- मन्त्री बन्ने चर्चामा रहेकाएमाले  सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य भानुभक्त ढकाल विस्तारित मन्त्रिपरिषद्मा अटाएनन् । भट्टराई र ढकाल कुनै वेला अनेरास्ववियुमा एउटै कार्यकालमा अध्यक्ष र महासचिव थिए । पार्टीमा प्रभावशाली संगठक र कुशल वक्ताको व्यक्तित्व बनाएका सचिव भट्टराईलाई गत मंसिरमा चुनावी प्रचारका क्रममा प्रधानमन्त्री केपी ओली चुनाव जिते मन्त्री बनाउने वचन दिएका थिए । ताप्लेजुङको चुनावी अभियानमै उनले जनताले जिताएर पठाए, आफूले योगेशलाई मन्त्री बनाउने बताएका थिए । तर ओलीले बचन पुरा गरेनन् |                   

प्रधानमन्त्री ओलीनिकट ढकाल पनि प्रभावशाली नेता मानिन्छन् । नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङलगायतले यी दुईलाई मन्त्री बनाउन प्रधानमन्त्री ओलीलाई सुझाब दिएका थिए । त्यस्तै, मन्त्रीको प्रतिस्पर्धामा रहेका केन्द्रीय सदस्यहरू पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, यज्ञराज सुनुवारले पनि अवसर पाएनन्, नयाँ पत्रिकामा खबर छ ।

 

 

७ बर्ष अगाडि

प्रतिक्रिया