एमाले केन्द्रीय कमिटी बैठक अपरान्ह ३ बजे बस्दै

४ बर्ष अगाडि

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।

आज (साउन ५ गते) अपरान्ह ३ बजे बैठक बस्ने लागेको स्रोतले जनाएको छ । 

सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना र नेपाल सहित २२ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया