हराएको चार दिनपछि मादी नदीमा भेटियो शव

४ बर्ष अगाडि

दमौली, हराएको चार दिनपछि एक युवाको शव मादी नदीमा फेला परेको छ । गत असार २९ गतेदेखि हराएका भानु नगरपालिका–१३ का २४ वर्षीय गोपाल गुरुङ नदीमा मृत अवस्थामा फेला परेका हुन् । 

निजको शव व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा भेटिएको थियो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव आइतबार सनाखत गरेर परिवारलाई बुझाइएको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया