काठमाडौं, साताको दोस्रो दिन(सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) १३.८० अंकले बढेर २९९४.४२ विन्दुमा पुगेको छ ।
आज ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको छ । सोमबार कारोबारमा आएका २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर १ लाख ७ हजार ७९७ पटक खरिद बिक्री भएको हो ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अधिकांश डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा एनआईसी एसिया बैंकको कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया