प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार टेलिफोन वार्ता भएको छ । फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।
यस्तै मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने कुरा पनि राखेका थिए ।
सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको बताइएको छ ।
यसअघि आइतबार पनि संसदबाट विश्वासको मत जितेपछि मोदीले देउवालाई बधाई दिएका थिए ।
प्रतिक्रिया