काठमाडौं - कैलालीको टिकापुर नगरपालिका–७ कालाकुण्डबाट प्रहरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित एकजना युवकलाई पक्राउ गरेको छ ।
लम्कीचुहा नगरपालिका–१० बस्ने २४ वर्षीय हिरासिंह चौधरीलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
से.४प ४३४५ नम्बरको मोटरसाइकलमा सवार चौधरीको साथबाट प्रहरीले ५ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
प्रतिक्रिया