साउदीमा नेपाली दूतावासले अस्थायी कार्यालय संचालन गर्ने

४ बर्ष अगाडि

काठमाडौं - साउदीस्थित नेपाली दूतावासले अस्थायी कार्यालय संचालन गर्ने भएको छ । दूतावासले राहदानी नवीकरणका लागि उक्त कार्यालय संचालन लागेको हो । 

कोरोना महामारीलाई मध्यनजर गर्दै दूतावासले आगामी अगस्ट १३ तारिखमा राहदानी नवीकरणको आवेदन संकलन गर्दै छ । 

दूतावासले एक सूचना जारी गर्दै त्यहाँको पूर्वी क्षेत्रको दमाम शहरमा अस्थायी कार्यालय संचालन गरेर राहदानी नवीकरण आबेदन संकलन गर्ने जनाएको छ । दमामको अल असेम रेस्ट हाउस फर फेस्टिवल्स अल फैसालियामा अगस्ट १३ तारिख बिहान ७ देखि साँझ ७ बजेसम्म अस्थायी कार्यालय संचालन गरिने दूतावासले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया