नेपाल कम्युनिस्ट पार्टी एमालेका माधवकुमार नेपालपक्षीय र केपी ओलीपक्षीय केही सांसदले पनि शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि 'अब एमाले फुट्छ कि एकीकृत नै रहन्छरु' भन्ने विषयमा चर्चा परिचर्चा सुरु भएको छ।
आइतवार प्रतिनिधिसभामा देउवाले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा एमालेका २२ जना सांसदले मत दिएका थिए भने नेपालपक्षीय ११ सांसद उक्त मतदानमा अनुपस्थित भए।
देउवालाई मत दिनेमा ओलीको पक्षधर मानिएका र ओली मन्त्रिपरिषद्मा सदस्य रहेका व्यक्ति पनि छन्।
विश्वासको मत प्रकरणपछि अब एमाले 'एक ढिक्का रहन्छ कि फुट्छ'भन्ने प्रश्नमा ओलीपक्षीय नेताहरूले 'देउवालाई मत दिनेहरू एमालेमा नरहने तर पार्टी एकता कामय रहने'बताएका छन्।
यद्यपि माधव नेपाल पक्षका नेताहरू 'देउवालाई मत दिनेहरू पनि पार्टीमै रहने र एकता पनि कायम हुने' दाबी गर्छन्।
उनले भने, ‘तर पनि यो एकता प्रक्रियासित अत्यन्त चिन्ताका साथ सहभागी रहेका साथीहरूसँग फेरि पनि छलफल जारी रहन्छ र पार्टीभित्रका आन्तरिक समस्या व्यवस्थित गर्ने मामिलामा हाम्रो प्रयत्न जारी रहन्छ।
तर उनले देउवाको पक्षमा विश्वासको मत दिने व्यक्तिहरू पार्टीमा नरहने बताए।
'उहाँहरू अब पार्टीमा रहन सक्नुहुन्न। ‘ पार्टीको निर्णयविपरीत गएर विपक्षी गठबन्धनका प्रतिनिधिलाई विश्वासको मत दिएर जुन गतिविधि गर्नु भएको छ, त्यो अराजनीतिक, अनैतिक काम हो। त्यो कामका कारणले उहाँहरू फेरि तत्काल पार्टी कमिटीमा रहने कुरा म देख्दिनँ।बिबिसी
प्रतिक्रिया