जाल्पा सामुदायिक लघुवित्तको आईपीओलाई रेटिङ प्रदान, कति ?

४ बर्ष अगाडि

काठमाडौं - साधारण सेयर आईपीओ निष्कासन गर्न लागेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओको रेटिङ सम्पन्न गरेको छ । एजेन्सी इक्रा नेपालले संस्थाको साधारण सेयर (आईपीओ) लाई  ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको हो । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता  आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा भने निवेदन पेश गरेको छैन । सेबोनमा निवेदन पेश गरि त्यहाँबाट स्वीकृती पाएपछि आईपीओ निष्कासन गरिनेछ ।

संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । सो नियुक्ती सम्बन्धी सम्झौता चैत्र ५ गते शुक्रबार संस्थाको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्पन्न भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया