काठमाडौं - मेरो सेयरमा नयाँ फिचर थपिएको छ । केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले नयाँ फिचर थपेको हो । नयाँ आर्थिक वर्ष २०७८र७९ बाट लागू हुने गरी अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्तालाई विभाजन गरी छुट्टाछुटटै पूँजीगत लाभकरको निर्धारण गरिएको छ ।
यही व्यवस्थालाई कार्यान्वयन गर्न सीडीएससीले ‘मेरो सेयर’ मा 'My Holding' भन्ने नयाँ फिचर थपेकाे हाे । आफुले बिक्रि गरेको सेयर अल्पकालिन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि 'My Purchase Source मा My Holdings' भन्ने अप्सन थपिएकाे हाे ।
'My Purchase Source' मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि 'My Holdings' मा गएर एक वर्ष भन्दा कम अवधिको सेयर भए 'Short Term' अर्थात 'ST' र एक वर्ष भन्दा बढी होल्ड गरिएको सेयर भए 'Long Term' अर्थात 'LT' छनाेट गर्नुपर्छ ।
आजदेखि लागू भएकाे नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ । अबदेखि १ वर्षभन्दा कम अवधिकाे लागि सेयर होल्ड गर्नेले ७.५% लाभकर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्ने भएकाे छ ।

प्रतिक्रिया