राष्ट्रिय एकताका पक्षमा लाग्न आग्रह

४ बर्ष अगाडि

काठमाडौं– राष्ट्रिय समस्या समाधानका लागि सबै राजनीतिक दलकाबीच राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद शेखरकुमार सिंहले हिमाल, पहाड र तराईबीच एकता र भातृत्वलाई बढावा दिन तथा आफूहरू र सरकारबीच भएको सहमति पूर्ण कार्यान्वयनका लागि ध्यानकर्षण गराए।

सांसद प्रमिला कुमारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने ध्येयका साथ सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकामा प्रसन्नता व्यक्त गरिन । उनले पाँच दलीय गठबन्धनको सुझबुझपूर्ण निर्णयका आधारमा देशले राजनीतिक निकास पाएको बताईन । राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते बिहीबार दिउँसो १ः०० बजे बस्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया