जसपा ठाकुर पक्ष छलफलमा

४ बर्ष अगाडि

काठमाडौ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई सम्बोधन गरेर नै पत्र लेखेपछि सो पार्टीका नेताहरू त्यस विषयमा छलफलमा जुटेका छन् ।

सो पार्टीका कार्यकारिणी सदस्य सन्तोष महेताले भने, प्रधानमन्त्री देउवाको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना धेरै छ, त्यस विषयमा दलहरूको बीचमा चलिरहेको छ ।’ महन्थ ठाकुर पक्षकै राजकिशोर यादवले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया