प्रमलाई विश्वासको मत दिन रावलको असन्तुष्टी, सांसद् पदबाट दिदैँ राजीनामा

४ बर्ष अगाडि

काठमाडौं, नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिने भएका छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिन लागेका उनका सहयोगी गोविन्द दुवालले जानकारी दिएका छन् ।

आइतबार बिहान कार्यदलका सदस्यहरुले विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गरेका थिए । रावल यसबाट असन्तुष्ट रहेको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया