काठमाडौं - नेपाली कांग्रेसका नेता गगनकुमार थापा हेलिकोप्टरमार्फत काठमाडौं आउन लागेका छन् ।
दुई दिनदेखि पोखरामा रहेका नेता थापा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार संसदमा विश्वासको मत लिने आकस्मिक निर्णय गरेपछि हेलिकोप्टरमार्फत काठमाडौं फर्किन लागेका हुन् ।
उनको साथमा पूर्वमन्त्री यज्ञबहादुर थापा पनि रहेका छन् । थापा पोखराबाट आइतवार बिहान ११ बजे काठमाडौं फर्किने तयारीमा थिए । तर मौसम खराब भएपछि उनी स्थलमार्ग ९पृथ्वी राजमार्ग० हुँदै काठमाडौं फर्किने भएका हुन् ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि उनी दमौलीमा अलपत्र रोकिएका छन् । सोहि कारण उनी हेलिकोप्टर मगाएर काठमाडौं फर्किने तयारी गरिरहेको बताइएको छ ।
प्रतिक्रिया