निषेधाज्ञामा थन्किएर बसेका सार्वजनिक सवारी साधनलाई बीमा शुल्कमा छुट

४ बर्ष अगाडि

काठमाडौं - सार्वजनिक यात्रुबाहक सवारी साधनले निषेधाज्ञा अवधिभरको बीमा शुल्कमा छुट पाउने भएका छन् ।

बीमा समितिले सरकारले दोस्रो चरणको कोरोना भाइरस महामारीको नियन्त्रणका लागि जारी निषेधाज्ञा अवधिभर थन्किएर बसेका सार्वजनिक यात्रुबाहक सवारी साधनलाई समानुपातिक रकम छुट दिन निर्देशन दिएको हो ।

समितिले यात्रु बाहक सवारी साधानको कुल वार्षिक बीमाशुल्कको १ तिहाई रकम थन्किएको अवस्थाको जोखिमका लागि कट्टा गरी बाँकी रहेको २ तिहाई रकममा समानुपातिक रकम छुट दिने व्यवस्था गर्न निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको हो ।

कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्षरयात्रुरकर्मचारीको बीमा लगायतका जोखिम समेतको हिसाब गर्नुपर्ने समितिले जनाएको छ । समितिले यात्रु बाहक सवारी साधनको अन्यन्त्र कम्पनीसँग नवीकरण हुने अवस्थामा बीमितको अनुरोधमा छुट रकमको प्रमाणपत्र उपलब्ध गराउन पर्ने छ । 

चालु बीमा अवधिमा दाबी परिसकेको सवारी साधनको हकमा भने थन्किएको अवधिको लागि बीमाशुल्कमा छुट लागू नहुने समितिले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया