काठमाडौं - नेकपा एमालेको माधव कुमार नेपाल समूह विभाजित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि नेपाल समूहका नेता दुई खेमामा विभाजित भएका हुन् ।
एक समूहका नेताले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुपर्ने बताएका छन् भने अर्को समूहका नेताले देउवालाई विश्वासको मत दिएर पार्टी फुटाउन नहुने बताएकी छन् ।
नेकपा एमाले माधव नेपाल समूहका एक नेताले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन् । माधव नेपाल निवासमा आन्तरिक छलफलपछि उक्त नेताले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।
साथै देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको बताए । यता नेतृ रामकुमारी झाँक्रीले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुपर्ने बताएकी छन् ।
उनले आफूहरूको प्रयास विपक्षमा बसेर भएपनि पार्टीले निर्णय गरेर विश्वासको मत दिनुपर्छ भन्ने रहेको बताइन । नेतृ झाँक्रीले ‘हंग पार्लियामेन्ट’मा कसैको पनि एकल बहुमत नपुग्ने अबस्था भएको र आगामी दिनका लागिसमेत अहिले विश्वासको मत दिने बताईन् ।
प्रतिक्रिया