५ लाख ६८ हजार नगद सहित १८ जना जुवाडे पक्राउ

४ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाबाट तास खेलिरहेको अवस्थामा प्रहरीले १८ जना पक्राउ गरेको छ । साथबाट प्रहरीले ५ लाख ६८ भन्दा बढी नगद र १४ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका २१ भोटेवहालबाट तास खेलिरहेको अवस्थामा डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका ३ घर भएका ४३ वर्षीय राज कुमार नगरकोटीको कोठामा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका २२ सुन्धार बस्ने २७ वर्षीय मिलन बहादुर मगर लगायत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ३० हजार ६ सय रुपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका १६ बालाजु चमती कल्याणनगरस्थित कमल बम मल्लको ग्यारेजमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका १७ बस्ने माधव महत लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई  नगद ३८ हजार ४ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया