काठमाडौँ - नेपाली कांग्रेसको महाधिवेसन नजिकिदै गर्दा शिर्ष नेताहरुको दौड धूप र भेटघाट बढ्दो देखिन्छ । सभापतिमा शेरबहादुर देउवाले फेरि दाबी गर्ने भए संगै देउवा विरुद्ध प्रतिस्पर्धा गर्न शिर्ष नेताहरु गठबन्धन बनाउन छलफल गरिरहेका छन् ।
नेपाली कांग्रेस भित्र कोईराला परिवारको प्रभाव शेरबहादुर देउवा सभापति भए संगै कम भएको छ । कोईराला परिवारको लिगेसी अघि लान कोहि अघि नबढेको कारण नेपाली कांग्रेसमा शेरबहादुर देउवाको हाबी भएको पाईएको छ ।
यस महाधिवेसनमा सभापतिका लागि सशांक कोईराला र शेखर कोईराला उमेद्द्वार दिने भएपछि सुजाता कोईरालाले पनि आफू पनि प्रतिस्पर्धा गर्न किन छोड्नु भन्ने तर्क व्यक्त गरेकी थिईन ।
तर हिजो शशांक कोईरालाको निवासमा डिनर मिटिंग गर्दै शेखर, सुजाता र शशांकले एक ढिक्का भएर अघि बढ्नु पर्ने निचोड निकालेका छन् । नेपाली कांग्रेसलाई देउवाले सहि ट्रयाकमा नलगेकोले अब कोईराला परिवार एक भएर सभापतिमा दाबि गर्नुपर्ने बारे छलफल गरेका छन् ।
अब आफूहरुमा को सभापतिमा उठ्ने भन्ने बारे छलफल र सल्लाह गरेर निधो गर्ने सहमति जनाएका थिए । कोईराला परिवार एक हुने भने संगै शेरबहादुर देउवा शशंकित भएको बुझिएको छ ।
प्रतिक्रिया