नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, आज पार्टी एकताका लागि दोस्रो तहका नेताहरु विच छलफल

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बोलाइएको हो ।  

शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक राखेका थिए । तर उक्त बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित रहे ।

शुक्रबार नै संसदीय दलको बैठक समेत बसेको छ । संसदीय दलको बैठकमा पनि माधव समूहका सांसदहरु अनुपस्थित भएका थिए ।

आज दुवै पक्षका दोस्रो तहका नेताहरुले पार्टी एकताका विषयमा छलफल गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया