एजेन्सी - ह्वाट्सएपले मे र जुन महिनामा भारतभर २० लाख भन्दा बढी अकाउन्टहरु 'ब्लक' गरेको छ । एपको नियम उल्लंघन गर्ने प्रयोगकर्ताहरुको अकाउन्ट बन्द गरेको हो ।
खाता बन्द हुनेमध्ये ९५ प्रतिशत प्रयोगकर्ताले मेसेज फर्वार्ड गर्ने 'लिमिट' उल्लंघन गरेका थिए ।भारतमा सूचना आदानप्रदानका लागि ह्वाट्सएप धेरै प्रयोग हुने गर्छ । फेसबुक मेसेन्जर, भाइबर लगायत इन्ट्यान्ट टेक्स्ट मेसेजिङ एपभन्दा ह्वाट्सएप धेरै प्रयोग गर्नेको संख्या धेरै रहेको छ ।
भारतमा प्रविधि सम्बन्धी नयाँ कानुन ल्याइएपछि सोसल मिडिया कम्पनीहरु कडाइका साथ उत्रिएका हुन् । यसअघि ट्वीटरले पनि लाखौं प्रयोगकर्ताहरुको अकाउन्ट बन्द गरेको थियो ।
भारतमा ४० करोडभन्दा बढीले ह्वाट्सएप प्रयोग गर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया