बैकिङ कसुर मुद्दामा २२ लाख र ८ दिन कैदको सजायपछि फरार प्रतिवादी पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१ का भरतराज खनाल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उच्च अदालत पाटनको २०७७ साल फागुन ३ गतेको फैसलाले उनलाई बैकिङ कसुर मुद्दामा २२ लाख रुपैयाँ र ८ दिन कैद सजाय तोकेको  थियो ।

निगरानी तथा खोजतलास गर्ने क्रममा शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित शरदपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया