काँग्रेस संसदीय दलको बैठक बस्दै

४ बर्ष अगाडि

सत्तारूढ नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ।  आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो। भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भुसालको भनाइ छ  । 

बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया