नाबालिका बलात्कार गर्ने दुई जनालाई जन्मकैदको सजाय

४ बर्ष अगाडि

काठमाडौं - नाबालिकालाई बलात्कार गरेको अभियोगमा २ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत नवलपरासी पूर्वले उक्त सजाय सुनाएको हो । 

देवचुली नगरपालिका ९ बस्ने रोहित थापा र विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका १५ वर्षीय एक किशोरलाई जिल्ला अदालतले शुक्रबार जन्मकैदको सजाय सुनाएको छ । दुवै अभियुक्तले छिमेकी नाबलालिकालाई बलात्कार गरेको अनुसन्धानमा खुलेको थियो । 

अभियुक्त थापाले छिमेकी ८ वर्षकी नाबालिकालाई अघिल्लो वैशाख ३१ गते खेल्दै आफनो घरमा आएको मौका पारेर बलात्कार गरेको बयान दिएका छन । 

त्यस्तै विनयी त्रिवेणी गाउँपालिकाका १५ वर्षीय किशोरले घरनजिकै खेल्न आएको बेलामा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया