पब्जीमा टेस्लाको कार, खेलाडीले म्यापको माध्यमबाट कार चढी फ्याक्ट्रीसम्म पुग्न सक्ने

४ बर्ष अगाडि

काठमाडौं - पब्जी खेल्दा टेस्लाको कार प्रयोग गर्न पाइने भएको छ । पब्जी मोबाइल र विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले हालै उक्त सम्झौता गरेका हुन् ।

यो सँगै टेस्लाका उत्पादन भिडिओ गेममा देखाउने पाइने भएको छ । साथै पब्जी मोबाइलले आफ्नो १.५ अपडेट जारी गरेको छ । जसमा टेस्लाको कार समावेश गरिएको छ । 

पब्जी मोबाइलमा टेस्ला गिगाफ्याक्ट्री, मोडल वाई इलेक्ट्रिक, ड्राइभिङ फिचर र सेमी सेल्फ ड्राइभिङ भेहिकल देख्न पाइनेछ । खेलाडीले म्यापको माध्यमबाट टेस्लाको फ्याक्ट्रीसम्म पुग्न सक्नेछन् ।

त्यस पश्चात हाईवेमा अटोपाइलट मोडलाई  प्रयोग गर्न सकिनेछ । यसले गेमरलाई सेट मार्कर्सको लोकेसनमा पुर्‍याउनेछ ।  वाइल्ड सडकमा टेस्लाको सेमी सेल्फ ड्राइभिङ गाडी देखिनेछ । केही रुटमा यो गाडी स्वचालित रुपमा चल्नेछ ।

खेलाडीहरूले कारलाई तोडफोड गरेर त्यसलाई ड्रप सप्लाई क्रेट बनाएर युद्ध सामग्री लैजान सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया