प्रदेश २ को सरकारमा नेकपा माआवादी केन्द्र जादै, सपथग्रहण कार्यक्रम आजै

४ बर्ष अगाडि

काठमाडौं - प्रदेश २ सरकारमा नेकपा माआवादी केन्द्र सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्री सहित माओवादी केन्द्र आज सरकारमा जाने भएको हो ।

मन्त्रालयको बारेमा टुंगो नलागेपनि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्रीमा सहमति जुटेपछि सरकारमा जान माओवादी तयार भएको हो ।

स्रोतका अनुसार दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय माओवादी केन्द्रले गरिसकेको छ । मन्त्रीहरुको सपथग्रहण कार्यक्रम आज ३ बजेका लागि तय भएको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया