दुई लाख बढि नगदसहित ११ जना जुवाडे पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - दुई लाख बढि नगदसहित ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छन् । शुक्रबार साँझ  ६ बजे दमक नगरपालिका वडा नम्बर ७ हाटखोलाका कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेहरुमा घरधनी दमक ७ बस्ने ४० वर्षीय कर्णबहादुर राई, गौरादह ३ बस्ने ४२ वर्षीय दिनेश अधिकारी, सोही नगरपालिका ८ बस्ने ३८ वर्षीय इन्द्रकुमार राजवंशी, सुनसरी इटहरी उप–महानगरपालिका ४ बस्ने ३५ वर्षीय विक्रम गुरुङ, गौरादह २ बस्ने ३२ वर्षीय निर्मल थापा, दमक २ बस्ने ४२ वर्षीय रामबहादुर धिमाल, वडा नम्बर ७ वस्ने ४० वर्षीय राजन दाहाल, गौरादह ३ बस्ने ३४ वर्षीय अंकित कार्की, दमक ७ बस्ने ४४ वर्षीय गंगा पाठक, सुनसरी इटहरी उप–महानगरपालिका १९ बस्ने २६ वर्षीय मिलन राई र दमक नगरपालिका ६ बस्ने ३३ वर्षीय विजय सिंह रहेका छन् ।

उनीहरुको साथबाट २ लाख ८ हजार ९५ रुपैयाँ नगद, कौडा १६ थान र ओछ्याएको कार्पेट बरामद गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया