काठमाडौं - १ लाख २२ हजार बढि नगदसहित १० जना जुवाडे पक्राउ परेका छन् । घोराही १३ डुमरगाउँस्थित गनबहादुर घर्तीको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय ढोका घर्ती, ४० वर्षीय तेजलाल पुन र ६८ वर्षीय गनबहादुर घर्ती रहेका छन् ।
उनीहरुको साथबाट १ लाख २२ हजार ५ सय १० रुपैंया नगद र ६ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई हिजो बेलुका साढे ६ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया