काठमाडौं - खाडी मुलुक कतार माकामदार पठाउने म्यानपावर कम्पनीहरु गत वर्ष धेरै कामदार पठाउने सूचीको अग्रस्थानमा देखिएका छन् । वैदेशिक रोजगार विभागले तयार पारेको आर्थिक वर्ष २०७७/०७८ को प्रगति विवरण अनुसार गत वर्ष वैदेशिक रोजगारीमा पठाएकामध्ये कतारमा कामदार पठाउने कम्पनीहरु अग्रस्थानमा देखिएका हुन् ।
गत वर्ष ९ वटा म्यानपावर कम्पनीले मात्र एक हजार बढी कामदार पठाउन सकेका छन् । विभागका अनुसार एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्स प्रा.लि. सबैभन्दा धेरै कामदार पठाएर सूचीको शीर्ष स्थानमा रहेको छ ।
उक्त कम्पनीले ४७ महिलासहित २ हजार ४ सय ९४ जना कामदार पठाएको छ । दोश्रो स्थानमा रहेको सान नेपाल प्रा.लि.ले २ हजार १ सय ७२ जना कामदार पठाएको छ । तेश्रो स्थानमा रहेको स्काइ स्टार रिक्रुटमेन्ट प्रा.लि.ले १ हजार ४ सय ६२ जना कामदार पठाएको छ ।
सूचीको चौथो नम्बरमा रहेको प्याराडाईज इन्टरनेशनल प्रा.लि.ले ३ सय ४ जना महिलासहित १ हजार ४ सय ४५ जना कामदार पठाएको छ । पाँचौं नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिसेस प्रा.लि.ले १ हजार ४ सय २९ जना कामदार पठाएको छ ।
सूचीको छैठौं नम्बरमा रहेको भिजन एण्ड भ्यालु ओभरसीज प्रा.लि.ले १ हजार ३ सय ५५ जना कामदार पठाएको छ । सातौं नम्बरमा रहेको दि रिभर ओभरसीज प्रा.लि.ले २ सय ७४ महिलासहित १ हजार ३ सय १० जना कामदार पठाएको छ । आठौं नम्बरमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.ले १ हजार २ सय ३३ जना कामदार पठाएको छ ।
नवौं नम्बरमा रहेको अल समित म्यानपावर कम्पनी प्रा.लि.ले १ हजार १ सय ३९ जना कामदार पठाएको छ ।
प्रतिक्रिया