कतारको एक कम्पनीमा ८२ जना नेपाली कामदारको माग, तबल र अन्य सुविधा के के ?

४ बर्ष अगाडि

काठमाडौं, कतारको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ । लार्सन एण्ड टुब्रो लिमिटेड नामक एक कम्पनीले ८२ नेपाली कामदारको माग गरेको छ । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३२ हजार ३५ हजार माथि सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले सुफी इन्टरनेशनल स्रभीस प्रा लि को कार्यालय सिनामंगल काठमाडौंमा साउन ८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया