नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथग्रहण सर्वोच्च अदालतमा

४ बर्ष अगाडि

काठमाडौं, नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण सर्वोच्च अदालतमा गरिएको छ । 

राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा भएको हो । यसअघिका सबै महान्यायाधिवक्ताहरूले राष्ट्रपति निवास शीतल निवासमै सपथ लिने चलन थियो । 

गत वैशाख ६ गते राष्ट्रपति कार्यालयले संवैधानिक व्यवस्था भएका पदाधिकारीहरूको शपथ गराउने स्थान परिवर्तन गर्ने निर्णय भएको जानकारी प्रधानन्यायाधीशबाट आएपछि महान्यायाधीवक्ता खातीको सपथ सर्वोच्चमा गरिएको जनाइएको छ ।   

नेपालको संविधानको धारा १५७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । तर शपथ भने  राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया