काठमाडौं - साओमीले पहिलोपटक एप्पललाई पछि पारेको छ । मोबाइल तथा विभिन्न प्रविधिको बजार अध्ययन गर्ने संस्था क्यानालाइजले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साओमी १७ प्रतिशत बजारका साथ दोस्रो स्थानमा उक्लिएको हो ।
प्रतिवेदन अनुसार सन् २०२१ को दोस्रो त्रैमासिकमा एप्पलको बजार हिस्सा १४ प्रतिशत रहेको छ । त्यस्तै पहिलो नम्बरमा रहेको सामसङको बजार हिस्सा १९ प्रतिशत रहेको छ ।
साओमीले अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतभन्दा बढी मोबाइल सिपमेन्ट गरेको जनाइएको छ । जसमा सामसङको मात्रै १५ प्रतिशतले वृद्धि भएको छ । भने, एप्पलको जम्मा १ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिवेदन अनुसार बजारको हिस्साका आधारमा बीबीके मार्केटेड ब्राण्ड ओप्पो, भिभो उत्कृट पाँचभित्र पर्न सफल भएका छन् ।
प्रतिक्रिया