वैदेशिक रोजगारीमा जाने नेपालीलाई गन्तव्य देशले मान्यता दिएको खोपको व्यवस्था गर्न आग्रह

४ बर्ष अगाडि

काठमाडौं  – वैदेशिक रोजगारीमा जाने नेपालीलाई गन्तव्य देशले मान्यता दिएको कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।  

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोपका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू समस्यामा परेको भन्दै एक पटक मात्र लगाए हुने र गन्तव्य देशले मान्यता दिएको खोपको व्यवस्था गर्न आग्रह गरेको हो । 

यसका साथै आयोगले महामारीको बेलामा रोजगारीका लागि जाने नेपाली श्रमिकको मानवअधिकारको रक्षा गर्न पनि आग्रह गरेको छ । 

कतार, साउदी अरब, कुवेत लगायतका श्रम गन्तव्य देशहरूको कोरोना महामारी नियन्त्रणका लागि आफ्नो देश प्रवेश गर्नेहरूलाई खोप अनिवार्य गर्दै लगेका छन् । खोप नलगाई आउनेले क्वरेण्टीन बस्न पर्ने, पीसीआर परीक्षण गर्न पर्ने र त्यसको खर्च पनि आफैंले उठाउन पर्ने जस्ता नियम बनाएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया