दैलेखमा मुडा प्रहार गरी श्रीमतिले गरिन् श्रीमानको हत्या

४ बर्ष अगाडि

दैलेखमा मुडा प्रहार गरी श्रीमतिले आफैँ श्रीमानको हत्या गरेकी छन् । मुडा प्रहार गरी आफ्नै ३५ वर्षीय  श्रीमान खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा नारायण नगरपालिका ११ टाटामकु डाँडा टोल बस्ने उनकै श्रीमती ३२ वर्षीया सुसिला मल्ललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका खगेन्द्रको जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थाई प्रहरी पोष्ट लोहोरेबाट खटिएको प्रहरीले सुसिलालाई पक्राउ गरेको जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया