११ महिनामा ९ खर्ब १६ अर्ब बढि संघीय खर्च, १ खर्ब ४८ अर्ब बढि आन्तरिक ऋण परिचालन

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ११ महिनामा ९ खर्ब १६ अर्ब बढि संघीय खर्च भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षका ११ महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्याङ्कका अनुसार, चालु आर्थिक वर्षको ११ महिनामा चालु खर्च ७ खर्ब ६१ करोड, पुँजीगत खर्च १ खर्ब ४३ अर्ब ९ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ७३ अर्ब १५ करोड गरी जम्मा ९ खर्ब १६ अर्ब ८५ करोड खर्च भएको छ । 

साथै चालु आर्थिक वर्षको ११ महिनामा संघीय सरकारले १ खर्ब ४८ बढि आन्तरिक ऋण परिचालन गरेको छ । तथ्याङ्कका अनुसार समीक्षा अवधिमा संघीय सरकारले ४१ अर्ब ५० करोडको ट्रेजरी बिल, १ अर्ब ५ अर्ब विकास ऋणपत्र, २ अर्बको नागरिक बचतपत्र र १ करोड ५३ लाख वैदेशिक रोजगारी बचतपत्र गरी जम्मा १ खर्ब ४८ अर्ब ५२ करोड आन्तरिक ऋण परिचालन गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया