मेरो माइक्रोफाइनान्सको १६.९४ % बोनस शेयर हितग्राही डिम्याट खातामा

४ बर्ष अगाडि

काठमाडौं, मेरो माइक्रोफाइनान्सको १६.९४ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही डिम्याट खातामा जम्मा भएको छ । 

कम्पनीले असार ३० गते उक्त बोनस बापतको १४ लाख ४८ हजार ६०० कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको हो । 

बिहीवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् । 

कम्पनीले गत पुस २८ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया