काठमाडौं - ठूलो परिमाणको लागू पदार्थ र नगदसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१ बगरका ४९ वर्षीय अर्जुनकुमार गुरुङ रहेका छन् ।
उनको साथबाट डाइजापाम ६७० एम्पुल, फेनेरागन ६७० एम्पुल, नुर्फिन ६७४ एम्पुल गरी दुई हजार १६ एम्पुल लागू पदार्थ, एक थान मोबाइल र नगद पाँच लाख २१ हजार २०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
गुरुङको घरबाट सुटकेसमा लुकाएर राखेको अवस्थामा नगदसहित लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया